कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालका ९० हजार वैज्ञानिकहरुको परिचालन आवश्यक : मन्त्री पोखरेल

काठमाडौँ — शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालसँग भएका ९० हजार वैज्ञानिकहरुको परिचालन आवश्यक भएको बताएका छन् ।

नेपालका ९० हजार वैज्ञानिकहरुको परिचालन आवश्यक : मन्त्री पोखरेल

विज्ञान दिवसको अवसर पारेर बुधबार बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिको वेबसाइट सार्वजनिक कार्यक्रममा मन्त्री पोखरेलले मुलुकमा भएका ९० हजार वैज्ञानिकहरुको प्रवर्द्धन तथा व्यवस्थित परिचालन आवश्यक रहेको बताए ।

उनले हरेक व्यक्तिको जीवनमा विज्ञान र प्रविधिको प्रयोग बिना अघि बढ्न नसक्ने बताए । कोरोना जस्ता महामारीसँग विज्ञानको सहयोग बिना लड्न नसिकने उनको भनाइ थियो । सरकारले राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति निर्माण गरिसकेको र अब त्यसैको आधारमा ऐन निर्माण गर्ने उनले बताए ।

कीर्तिपुरमा रहेको मुलुकको पहिलो विज्ञान संग्राहलय बीपी कोइराला राष्ट्रिय विज्ञान संग्रहालयमा मानव विकास क्रमका विभिन्न चरणअन्तर्गत प्रोप्लिओपिथेकस, प्रोकन्सल, ड्रायोपिथेकस, ओरियोपिथेकस, रामापिथेकस, अस्ट्रलोपिथेकस, प्यारान्थ्रोपस, होमो–इरेक्टस, नियान्डरथल्स र क्रो–म्यागनन् म्यान रहेका छन् ।

संग्रहालय राखिएका मानव विकास क्रमका विभिन्न चरणका 'स्पेसिमेन' ।

संग्राहलयमा रोबोटिक्स र कृत्रिम बुद्धिमता नेवारी भेषभूषाकी फूलमाया नामकी रोबोट रहेको छ । विद्युत तथा चुम्बक, ध्वनि र एप्लाइड मेकानिक्सका विविध पक्ष छन् ।

संग्राहलयमा राखिएको नेवारी भेषभूषाकी फूलमाया नामकी रोबोट ।

त्यसैगरी कला र शिल्प कौशलअन्तर्गत धातु, काष्ठ, प्रस्तर र थान्का छन् । भौगोलिक प्रतिरूप, वनस्पति विज्ञान कक्ष, पृथ्वी र अन्तरिक्ष प्रविधि, त्रिआयामिक विज्ञान चलचित्र थियटर छन् ।

‘मुलुकको पहिलो विज्ञान संग्रहालय विश्वभरिबाट जोसुकैले अलोकन गर्न सक्छ र यसले अध्ययन अनुसन्धान गर्ने आयाम थपिएको छ,’ समितिका निमित्त कार्यकारी निर्देशक सनत शर्माले भने, ‘भौतिक विज्ञान, वनस्पति विज्ञान, रसायनशास्त्र, भूविज्ञान, संगीत, कला, अन्तरिक्षा विज्ञानलगायत विविध आयामको प्रवर्द्धन गर्न सहज भएको छ ।’ समितिअन्तर्गत नगरकोटमा राष्ट्रिय बेधशाला रहेको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?