सामसङ ग्यालेक्सी ए ५१ फोन उत्कृष्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङको ग्यालेक्सी ए ५१ सन् २०२० को पहिलो त्रैमासिकमा उत्कृष्ट एन्ड्रोइड फोन हुन सफल भएको छ । विगत लामो समयदेखि लोकप्रिय ब्राण्डको रुपमा आफूलाई उभ्याउन सफल सामसङको यो स्मार्टफोनले यस वर्ष पनि पहिलो नम्बरमा सुरक्षित राख्न सफल भएको हो । 


अन्य प्रतिस्पर्धी मोबाइललाई पछि पार्दै सामसङको ग्यालेक्सी ए ५१ पहिलो नम्बरमा आएको दाबी सामसङ कम्पनीले दाबी गरेको छ । सामसङले यो अवधिमा विश्वभरमा ६० लाख भन्दा बढी मोबाइल सेट बिक्री भएको जिकिर गरेको छ ।

एक अध्ययन अनुसार सामसङको ग्यालेक्सी ए ५१ फोर जी स्मार्टफोनले विश्व बजारमा २ दशमलव ३ प्रतिशत बजार हिस्स ओगटेको छ । सो अध्ययनले रेडमी दोस्रो स्थानमा रहन सफल भएको जनाएको छ । सो अध्ययन अनुसार रेडमीको बजार हिस्सा १ दशमलव ९ प्रतिशत छ । तेस्रो स्थानमा सामसङकै एस २० प्लस छ । जसको बजार हिस्सा १ दशमलव ७ प्रतिशत छ । सो अध्ययनले चौथो र पाँचौं स्थानमा क्रमशः सामसङको ए १० र रेमडी नोट ८ रहेको देखाएको छ । यी दुवैको बजारहिस्सा १ दशमलव ६ प्रतिशत छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ ११:४६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भेरीमा बेपत्ता बालिका ३ दिनपछि मृत भेटिइन्

विप्लव महर्जन

सल्यान — भेरी नदीले बगाएर बेपत्ता भएकी बन्गाड कुपिण्डे नगरपालिका–१ घाटगाउँकी १० वर्षीया लक्ष्मी विक मृत अवस्थामा भेटिएकी छिन् । उनको शव सुर्खेत गुर्भाकोट नगरपालिका–९ बोटेचौर नजिकै भेरी नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ । 


आइतबार बेलुकी घर नजिकैको भेरी नदीमा पानी लिन गएकी उनलाई नदीले बगाएको थियो । भेरी नदीमा पानीको सतह बढेको र पानी धमिलो भएपछि प्रहरी र आफन्तले खोजी कार्य गर्दै आएका थिए ।

भेरीले बगाउँदा मृत्यु भएकी विकको शवको सुर्खेतको मेहलकुना अस्पतालमा पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ ढकेन्द्र खतिवडाले जानकारी गराए । गाउँ नजिकै पानीको मुहान नभएको र खानेपानी योजनाको लागि सम्बन्धित निकायले कुनै चासो नदेखाएपछि स्थानीयले ज्यान जोखिममा पारेर भेरी नदीको पानी ल्याएर खान बाध्य हुँदै आएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७७ ११:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×