कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसबुकबाट ५० भन्दा बढीले भिडियो कल गर्न मिल्ने

एजेन्सी

क्यालिफोर्निया — सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा सुरु गर्ने भएको छ । अहिले भइरहेको भिडियो कलसम्बन्धी सेवालाई सुधार गरी थप र फरक विषेशतासहितको सेवा दिन लागिएको फेसबुकले जनाएको छ ।

फेसबुकबाट ५० भन्दा बढीले भिडियो कल गर्न मिल्ने

‘म्यासेन्जर रुम’ नाम दिइएको उक्त सेवामार्फत एकै पटकमा ५० भन्दा बढी मानिसले कुराकानी गर्न मिल्ने जनाइएको छ ।

सामूहिक भिडियो कुराकानी, बैठक तथा अन्तरक्रिया गर्न सकिने गरी म्यासेन्जर रुम बनाइएको छ । म्यासेन्जर रुम भिडियो कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन ।

सामूहिक भिडियो कुराकानीका लागि कुनै एक व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर अन्य व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्नेछ । निमन्त्रणा गर्दा फेसबुक आईडी नभएको व्यक्तिलाई पनि गर्न सकिने कम्पनीको भनाइ छ ।

नियमन्त्रणा दिएको व्यक्तिलाई भिडियो कुराकानीमा सहभागी भएका सबै जनाबारे थाहा हुने र र चाहेको व्यक्तिलाई हटाउन पनि मिल्ने गराइएको छ । कम्पनीका अनुसार फेसबुक एपको दायाँतर्फ म्यासेन्जर रुमको लिंक राखिनेछ ।

भिडियो कुराकानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको पनि फेसबुकले दाबी गरेको छ । ‘यो सेवा केही देशमा यसै सातादेखि सुचारु गरिनेछ । अन्य देशका लागि विस्तारै खुला गर्ने तयारी गरिएको छ,’ फेसबुकले भनेको छ ।

प्रकाशित : वैशाख १४, २०७७ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?