कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलले घटायो २५ प्रतिशत आधारभूत दर

काठमाडौँ — एनसेलले बिहीबारदेखि २५ प्रतिशत आधारभूत दर (पे एज यू गो) घटाएको छ । अब लकडाउन अवधिभर एनसेलका ग्राहकले सुलभ दरमा एनसेलको डाटा प्रयोग गर्न सक्छन् ।

एनसेलले घटायो २५ प्रतिशत आधारभूत दर

साथै आफ्नो करबाहेक १ रुपैयाँ ५० पैसा प्रतिएमबीमा मोबाइल डाटा प्रयोग गर्न सक्छन् ।


यससँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डाटा प्रयोग गर्न सक्नेछन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमका आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन् ।


जब ग्राहकले आफ्नो ब्यालेन्सबाट खर्च गर्दै जान्छन् त्यसै अनुपातमा बोनस डाटा प्राप्त गर्दै जाने कम्पनीले जानकारी दिएको छ । सुरुमा १० रुपैयाँ डाटामा खर्च गरेपछि ग्राहकले २०/२० एमबी डाटा बोनस पाउँछन् । एनसेलले सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जीबीको स्टे होम प्याकलगायत सुविधा ल्याएको छ ।

प्रकाशित : चैत्र २०, २०७६ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?