कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खल्तीको अनलाइन कन्सर्ट, सेयर गरे सरकारलाई एक रुपैयाँ

काठमाडौँ — मोबाइल वालेट खल्तीले लकडाउनको बेला पारेर एक दर्जन बढी संगीतकर्मीमार्फत भर्चुअल कन्सर्ट गर्ने भएको छ ।

खल्तीको अनलाइन कन्सर्ट, सेयर गरे सरकारलाई एक रुपैयाँ

उक्त कन्सर्टको भिडियो फेसबुकमा सेयर गरे सरकारी राहत कोषमा एक रुपैयाँ गरिदिने खल्तीले जनाएको छ ।

भोलि सोमबार २ बजेदेखि सुरु हुने अनलाइन कन्सर्टको नाम म्युजिक फर एड दिइएको छ । अनलाइनमार्फत एड्रिन प्रधान, विपुल क्षेत्री, इशानराज वन्त, केञ्जल मेहर श्रेष्ठ, फिरोज स्याङ्देन, स्वप्निल शर्मा, स्वप्न सुमनजस्ता कलाकारले गीन गाउँने खल्तीका सहसंस्थापक मनिष मोदीले जानकारी दिए ।

उनका अनुसार फेसबुकमार्फत लाइभ हुने कन्सर्टको एक रुपैयाँ सरकारको कोभिड–१९ रोकथाम तथा न्यूनीकरण कोषमा जम्मा गरिनेछ । खल्ती र आर्बिटरी ग्रुपले यो रकम जम्मा गरिदिने मोदीले जानकारी दिए ।


प्रकाशित : चैत्र १६, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?