कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स

काठमाडौँ — एनसेलले बिहीबारदेखि रिचार्ज गर्दा १२० प्रतिशत बोनस व्यालेन्स दिन थालेको छ । 

एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स

कोरोना भाइरस रोग (कोभिड–१९) को संक्रमण रोक्न गरिएको लकडाउनको अवस्थामा ग्राहकलाई सेवा पहुँचनमा कठीनाई नहोस् भनेर यस्तो निर्णइ गरिएको एनसेलले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।


बोनस रकमबाट एनसेल नेटवर्क भित्रको नम्बरमा कल गर्न, डाटा चलाउन र एसएमएस गर्नको लागि उपयोग गर्न सक्नेछन् । सबै माध्यमबाट गरिने रिचार्जमा बोनस दिइने एनसेलले जनाएको छ ।


५०, १००, २००, ३००, ५०० र १००० रुपैयाँको रिचार्ज गर्दा १२० प्रतिशत बोनस पाइने एनसेलले जनाएको छ ।


मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलसहितका सेवा प्रदायकलाई रिचार्जमा सतप्रतिशत बोनस व्यालेन्स दिन निर्देशन दिएको थियो ।

बुधबार एनसेलले रिचार्जमा ५० प्रतिशत मात्रै बोनस निर्णय गरेको भए पनि बिहीबारदेखि यसलाई बढाएर १२० प्रतिशत बनाएको हो ।


प्रकाशित : चैत्र १४, २०७६ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?