कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलले टेरेन नियामकको निर्देशन, रिचार्जमा आधा मात्रै बोनस

सापटी रकम भने ४० देखि २ सय रुपैयाँसम्म लिन सकिने 

काठमाडौँ — नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन विपरीत टेलिकम कम्पनी एनसेलले रिचार्जको आधा बराबार मात्रै बोनस व्यालेन्स दिने भएको छ ।

एनसेलले टेरेन नियामकको निर्देशन, रिचार्जमा आधा मात्रै बोनस

एनसेलले बुधबार विज्ञप्ती जारी गर्दै रिचार्जको आधा रकम बोनस व्यालेन्स दिने जानकारी सार्वजनिक गरेको हो ।


मंगलबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले टेलिकम कम्पनीलाई लकडाउन अवधिभरका लागि रिचार्ज बराबरकै बोनस व्यालेन्स दिन निर्देशन दिएको थियो ।


बोनस रकम एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्ने एनसेलको विज्ञप्तीमा उल्लेख छ । व्यालेन्स रकम सोही दिनको मध्यरातसम्म सक्नुपर्ने प्रावधान रहेको विज्ञप्तीमा भनिएको छ ।


एनसेलले सापटी रकममा बृद्धि गरेको छ भने निःशुल्क व्यालेन्स सेवा दिने भएको छ । नियामक निकाय दूरसञ्चार प्राधिकरणको निर्देशनमा एनसेलले यो अफर ल्याएको हो । अर्को टेलिकम कम्पनी नेपाल टेलिकमले भने रिचार्जमा सतप्रतिशत बोनस दिने घोषणा गरेको छ ।


ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेकाहरुलाई मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम पठाउन र पाउन सक्नेछन् । ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्‍याइएको एनसेलले जनाएको छ ।


प्रिपेड ग्राहकले रु १० देखि रु ५०० सम्म एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् । ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन् ।

त्यस्तै, एनसेल सापटी सेवा अन्तर्गतको सापटी रकमलाई बढाएको एनसेलले जनाएको छ । एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्युनतम रु ४० देखि अधिकतम रु २०० सम्म सापटी लिन सक्नेछन् ।


प्रकाशित : चैत्र १२, २०७६ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?