कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कट, कपी एन्ड पेस्ट’को आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक रहेनन् 

एजेन्सी

न्युयोर्क — कट, कपी एन्ड पेस्ट आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ । 

‘कट, कपी एन्ड पेस्ट’को आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक रहेनन् 

उनले सन् १९६० देखि सिलिकन भ्यालीमा काम गर्न थालेका थिए जतिबेला कम्प्युटर आममानिसको लागि त्यति सजिलो पहुँचको विषय थिएन । उनको आविष्कारले कम्प्युटर प्रयोगकर्तालाई छिटो र सजिलो बनाइदिएको छ ।

जेरोक्स कम्पनीसँग आबद्ध रहेका उनलाई उक्त कम्पनीले उनको ऐतिहासिक उपलब्धिको कदर गरेको छ ।

सन् १९४५ मा न्युयोर्कमा जन्मिएका उनले स्यान्डफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका थिए । उनले एमाजोन र याहुमा पनि काम गरेका थिए ।

प्रकाशित : फाल्गुन ८, २०७६ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?