कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विन्डोज टेन अर्ब नजिक

काठमाडौँ — विन्डोज टेन अपरेटिङ सिस्टम सन् २०१५ मा सार्वजनिक गर्दै माइक्रोसफ्टले दुई वा तीन वर्षभित्र यसका प्रयोगकर्ता एक अर्ब पुग्ने दाबी गरेको थियो । तर, त्यसको करिब ५ वर्षपछि मात्रै माइक्रोसफ्टको विन्डोज टेनका प्रयोगकर्ता एक अर्ब पुग्न लागेका छन् ।

विन्डोज टेन अर्ब नजिक

माइक्रोसफ्टले विन्डोजपछि अर्को अपरेटिङ सिस्टम नल्याउने भन्दै प्रयोगकर्तालाई विन्डोज टेन प्रयोग गर्न आव्हान गरेको थियो । तर, धेरैले अझैं पनि पुरानै अपरेटिङ सिस्टम प्रयोग गरिरहेपछि कम्पनीले एक पछि अर्को विन्डोज संस्करणको लागि सेवा बन्द गर्दै आएको छ ।


गत सातामात्रै माइक्रोसफ्टले विन्डोज सेभेनको लागि सपोर्ट अन्त्य गरेको थियो । आफ्ना सबै प्रयोगकर्ताले विन्डोज टेन प्रयोग गरुन् भन्ने माइक्रोसफ्टको चाहना छ । केही महिना अघि विन्डोज टेनका प्रयोगकर्ता ९० करोड पुगेको थियो । अब केही महिनाभित्रै माइक्रोसफ्टले मासिक रुपमा सक्रिय प्रयोगकर्ताको संख्या एक अर्ब पुग्ने अनुमान गरेको छ ।

प्रकाशित : माघ २४, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?