१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०
राष्ट्रसंघका महासचिव नेपालमा

चारदिने भ्रमण पूरा गरी फर्किए महासचिव गुटेरेस

कार्तिक १५, २०८०

नेपालको चारदिने औपचारिक भ्रमण गरी संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस बुधबार बिहान फर्किएका छन् । उनलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्...

राष्ट्रसंघ महासचिव गुटेरेस पोखरामा,मंगलबार अन्नपूर्ण आधार शिविर जाने

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा आइपुगेका छन् । उनी सेनाको जहाजमार्फत् पोखराको पुरानो विमानस्थलमा ओर्लिएका हुन् । 

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तर्क्रिया गरेका थिए । 

'जलवायुजन्य असरका जिम्मेवारलाई दायित्व पूरा गराउनु पर्छ'

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भीर भइदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।  

गुटेरेससँगको भेटमा ओली : 'प्रधानमन्त्रीले नै हिंसाको महिमामण्डन गर्दा शान्ति प्रक्रिया टुंग्याउन असहज भयो' 

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा असहज भएको बताएका छन् ।

राष्ट्रपति पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नका लागि नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेस आइतबार दिउँसो पुगेका थिए । 

महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई संघीय संसद् भवन नयाँ बानेश्वरमा भेटेका हुन् । 

महासचिव गुटेरेस र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आइतबार अपराह्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका महासचिव गुटेरेसले सभापति देउवासहित कांग्रेस नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक चाँडै पारित हुन्छ : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग सम्बन्धी विधेयक संसदबाट चाँडै पारित हुने बताएका छन् । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा घिमिरेले यस्तो बताएका हुन् । दुवै विधेयक अहिले संसदीय समितिमा छलफलको क्रममा रहेको जानकारी उनले गराए ।

काठमाडौंबाट गुटेरेसको अपिल : गाजाका २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भए, तत्काल युद्धविराम गर'

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको बमबारीका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै आक्रमण तत्काल रोक्न अपिल गरेका छन् ।

संयुक्त राष्ट्रसंघबाट थप सहयोग र सहजीकरणको आशा बढेको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय समुदायमा समन्वय र सहकार्यकालागि संयुक्त राष्ट्रसंघबाट नेपाललाई थप सहयोग र सहजीकरणको आशा बढेको बताएका छन् । चार दिने भ्रमणकालागि नेपाल आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग उच्चस्तरीय भेटवार्तापछि प्रधानमन्त्री दाहालले उच्च विश्वास र सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको बताए । 

संक्रमणकालीन न्याय टुंग्याउन राष्ट्रसंघका महासचिव गुटेरेसले दिए तीन सुझाव

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुग्नुपर्ने बताएका छन् ।

विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गर्दछु : महासचिव गुटेरेस

नेपालको चार दिने भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमासको आक्रमणपछि इजरायलमा हराइरहेका नेपालका विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गर्दै सबै बन्धकहरू विनासर्त रिहाई हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघका महासचिव गुटेरेसको भेटवार्ता

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए । 

राष्ट्रसंघका महासचिव गुटेरेस सिंहदरबारमा, परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता

उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुगेका छन्। उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट्ने कार्यक्रम रहेको छ ।

बहुपक्षीय विश्वको पक्षमा

विश्व विभाजित भूराजनीतिक परिवेश र युद्धको दलदलमा फसिरहेको समयमा संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस आइतबारदेखि नेपालको चारदिने भ्रमणमा छन् । उनको नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, नेपालको शान्ति प्रक्रिया, दिगो विकासका लक्ष्यहरू, विश्व शान्तिमा नेपाली सेनाको भूमिकालगायत विषयमा छलफल हुने तय भएको छ । साथै, उनले शान्तिका प्रतीक गौतम बुद्धको जन्मभूमि नेपालबाट विश्वमा जारी युद्ध रोक्न पनि सन्देश दिनेछन् । 

यूएनका महासचिव गुटेरेस आईपुगे नेपाल, यस्तो छ चार दिने भ्रमण तालिका

संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । आइतबार राती १ बजे उनी नेपाल आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे ।

शान्ति प्रक्रिया र जलवायु परिवर्तनका मुद्दा प्राथमिकतामा

संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले आइतबारदेखि नेपालको चारदिने भ्रमण गर्दै छन् । उनका लागि नेपाल भ्रमणका एजेन्डा र कार्यतालिकाको टुंगो लागेको छ । यसको टुंगो नेपाल सरकार र नेपालस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोगले गरेका हुन् ।

राष्ट्रसंघका महासचिव गुटेरेसको नयाँ भ्रमण तालिका

इजरायलमा हमासको आक्रमणपछि स्थगित भ्रमणको संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण अब हुने भएको छ । कूटनीतिक स्रोतका अनुसार अब महासचिव गुटेरेस कात्तिक १२ देखि १५ (अक्टोबर २९ देखि नोभेम्बर १) सम्म नेपालको भ्रमणमा आउन लागेका हुन् ।