कान्तिपुर वेबसाईट
AdvertisementSponsored

युरो २०२४ : इटाली र स्पेनको विजयी सुरुवात

काठमाडौँ — युरो २०२४ को समूह ‘बी’ मा रहेका दुई ठूला टिम इटाली र स्पेनले शनिबार अपेक्षाअनुसार विजयी सुरुवात गरेका छन् ।

युरो २०२४ : इटाली र स्पेनको विजयी सुरुवात

डिफेन्डिङ च्याम्पियन इटालीले प्रतियोगिताकै इतिहासमा सबैभन्दा चाँडै गोल खाए पनि उपाधि रक्षा गर्ने क्रममा पुनरागमन गर्दै अल्बानियालाई २–१ ले पराजित गर्न सफल रह्यो ।

अल्बानियाका नेडिम बज्रामीले २३ औं सेकेन्डमा गोलको खाता खोल्दै इटालीलाई स्तब्ध पारेका थिए । तर खेलको ११ औं मिनेटमा इटलीका लागि अलेसान्ड्रो बास्टोनीले बराबरी गोल फर्काए । त्यसपछि खेल पूर्णतः इटालीको पक्षमा रह्यो र निकोलो बारेलाले विजयी गोल गरे ।

स्पेनको जित भने सहज रह्यो र उसले क्रोएसियालाई ३–० ले हरायो । स्पेनका तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो । त्यसक्रममा अल्भारो मोराटाले २९ औं मिनेटमा पहिलो गोल गरे । त्यसको चार मिनेटपछि नै फाबिन रुइजले दोस्रो गोल थपे । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा डानी कारभजालले तेस्रो गोल थपे ।

प्रकाशित : असार २, २०८१ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x