२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भलिबलका लागि आवासीय कभर्ड हल बनाउनेछौं : मन्त्री श्रेष्ठ

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलका लागि आवासीय कबर्ड हल बनाउने बताएका छन् । काठमाडौंमा शनिबारबाट सुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

भलिबलका लागि आवासीय कभर्ड हल बनाउनेछौं : मन्त्री श्रेष्ठ

उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउने कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताए । मन्त्री श्रेष्ठले भलिबलको लागि राम्रो कभर्ड हल बनाउने चुनौती अहिले रहेको बताए । नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘ भलिबलको एकदम सम्भावना छ । अझ हाम्रो पहाडतिर, गाउँतिर, मधेसतिर धेरै खेल्ने खेल हो । राष्ट्रिय खेल भए पनि यसको राम्रो खेल्ने डेडिकेटेड हिसाबले एउटा हल बन्ने हामी सबैको एउटा साझा चुनौती भएको छ ।’

मन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने बताए ।

प्रकाशित : जेष्ठ १९, २०८१ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x