कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सुवास र श्यामलाई गल्फको सम्मान 

काठमाडौँ — नेपाल गल्फ संघले पूर्व नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ र वरिष्ठ खेलपत्रकार श्याम चित्रकारलाई सम्मान गरेको छ ।

सुवास र श्यामलाई गल्फको सम्मान 

संघले आफ्नो वार्षिक साधारणसभाको अवसरमा सोमबार उनीहरूलाई सम्मान गरेको हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सुवासलाई एक लाखसहित सम्मानपत्र प्रदान गरे । उक्त रकममा संघले ७५ हजार र उपाध्यक्ष फुर्साङ लामाले २५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

नेपाली गल्फका सर्वाधिक सफल खेलाडी सुवासले १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण जितेका थिए । उनले बंगलादेश ओपनमा सद्भाव आचार्यसँग मिलेर टिमतर्फ स्वर्ण र व्यक्तिगतमा रजत जितेका थिए ।

सुवास १२२ औं संस्करणको अल इन्डिया एमेच्योर ओपनका विजेता पनि हुन् । उनी भारतमा प्रतिष्ठित उपाधि जित्ने पहिलो नेपाली गल्फर हुन् । यिनै सफलताको कदर गर्दै संघले सुवाशलाई सम्मान गरेको हो । उनले यसै वर्ष प्रोफेसनल करियर सुरु गरेका छन् ।

गल्फ खेलको प्रचारमा पुर्‍याएको योगदानको कदर चित्रकारलाई २५ हजारसहित सम्मान गरिएको छ ।

नेपाल गल्फ संघको वार्षिक साधारणसभाले महासचिवमा दीपक आचार्य र सचिवमा श्रीराम भण्डारीलाई नियुक्त गरेको छ । कार्यसमितिले प्रस्तुत गरेको मनोनयनको एजेन्डालाई साधारणसभाले पारित गर्दा आचार्य र भण्डारी नियुक्त भए । साधारणसभामा महासचिव दीपक र कोषाध्यक्ष किसन अग्रवालको वार्षिक प्रतिवेदन पारित गरिएको थियो ।

प्रकाशित : जेष्ठ १४, २०८१ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×