२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

गोलबजारको पहिलो जित

काठमाडौँ — गोलबजार स्पोर्ट्स क्लबले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा आइतबार पहिलो जित निकालेको छ । सुरुआती पाँच खेलमा दुई अंकमै सीमित रहेको गोलबजारले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा महावीरलाई २–१ ले स्तब्ध पारेको हो ।

गोलबजारको पहिलो जित

यससँग उसको पाँच अंक भएको छ । लगातार दुई खेल जितेर लयमा देखिएको महावीरले भने यसपल्ट गोलबजारलाई रोक्नै सकेन । विजयी टिमका लागि ओमप्रकाश सिंहले ७६ औं मिनेटमा निर्णायक गोल गरे । यसअघि चौथो मिनेटमा विजय श्रेष्ठको गोलले गोलबजारले अग्रता लिएको थियो । महावीरका लागि ३५ औं मिनेटमा नीरबहादुर थापाले एक गोल फर्काए ।

पहिलो खेलमा वाग्मतीले मनोहरालाई १–० ले हरायो । त्यसमा अनिल रानामगरले पेनाल्टीबाट निर्णायक गोल गरे । वाग्मतीको यो तेस्रो जित हो र यससँगै उसको ११ अंक भएको छ । मनोहरा भने १२ अंकमा सीमित रह्यो । यस नतिजासँगै मनोहराको लगातार चार जितको यात्रामा पूर्णविराम लागेको छ ।


प्रकाशित : वैशाख २४, २०८१ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?