कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

युरोपेली च्याम्पियन्स लिग : बायर्नसँग रियलको बराबरी

एजेन्सी

म्युनिक — भिनिसियस जुनियरले गरेको दुई गोलको मद्दतले रियल म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा बायर्न म्युनिकलाई २–२ को बराबरीमा रोकेको छ ।

युरोपेली च्याम्पियन्स लिग : बायर्नसँग रियलको बराबरी

रियलले २४ औं मिनेटमा भिनिसियको गोलले २४ औं मिनेटमा अग्रता लिएपछि बायर्नले दुई गोल गरेको हो । त्यसमा लिरोय सेन र ह्यारी केनले गोल गरेका थिए । केनले पेनाल्टीबाट गोल गरेका हुन् ।

खेलको ८३ औं मिनेटमा भिनिसियले पनि पेनाल्टीबाट नै गोल फर्काए । यो नतिजाले टाई बराबरीको स्थितिमा रह्यो । अब म्याड्रिडमा दोस्रो लेगको खेल हुनेछ । यो खेल मे ८ मा हुनेछ ।

प्रकाशित : वैशाख १९, २०८१ ०६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?