२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

यू-१९ राष्ट्रिय क्रिकेट : सीईसी काठमाडौं फाइनलमा

माधव ढुंगाना

भैरहवा — मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई पराजित गर्दै क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाडौं छैटौं खड्गप्रसाद गौचन मेमोरियल यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।   

यू-१९ राष्ट्रिय क्रिकेट : सीईसी काठमाडौं फाइनलमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक्साट्रेक ओभल क्रिकेट मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा सीईसीले मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई २ विकेटले पराजित गर्दै जित हात पारेको हो । टस जितेर ब्याटिङ गरेको मदन भण्डारीले निर्धारित ४० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ८८ रनको योगफल बनाएको थियो । जसमा, विजय प्रजापतीले ७२ रन र विशाल भुसालको ३६ रनको योगदान थियो । बलिङमा सीईसीका धिरज देउवाले ३, दयानन्द मण्डलले २ र स्मिथ बुढाले २ विकेट लिए ।

१ सय ८९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सीईसी ३९ ओभर २ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै २ विकेटले विजयी बन्यो । सीईसीका सिद्धार्थ साउदले ८१ रन र समीर विष्टले ५१ रनको योगदान दिए ।

बलिङतर्फ मदन भण्डारी सेजाद आलमले ४ विकेट र निरज घिमिरेले २ विकेट लिएका थिए । आइतबारको पहिलो सेमिफाइनल खेलमा सीईसी काठमाडौंका सिद्धार्थ साउद म्यान अफ द म्याच भएका थिए ।

सोमबार हुने दोस्रो सेमिफाइनल खेल आयोजक स्टार क्रिकेट एकेडेमी र धनगढी क्रिकेट एकेडेमीबीच हुनेछ ।

प्रकाशित : चैत्र १८, २०८० १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?