२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

यू–१९ राष्ट्रिय क्रिकेट : स्टार र वेस्टर्न विजयी

माधव ढुंगाना

भैरहवा — छैटौं खड्गप्रसाद गौचन मेमोरियल यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा स्टार क्रिकेट एकेडेमी र वेस्टर्न क्रिकेट एकेडेमी विजयी भएका छन् ।

यू–१९ राष्ट्रिय क्रिकेट : स्टार र वेस्टर्न विजयी

तिलोत्तमा नगरपालिकास्थित एक्स्ट्राट्रेक ओभल क्रिकेट मैदानमा वेस्टर्न र स्टारले बोस्टन क्रिकेट क्लब झापा र मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई हराउँदै विजयी भएका हुन् । पहिलो खेलमा टस जितेर फिल्डिङ गरेको बोस्टनले निर्धारित २५ ओभरमा वेस्टर्नलाई अलआउट गर्दै १ सय १८ रन बनाएको थियो । जसमा, वेस्टर्नका लागि ऋषव बेल्वासेले ४६, रौनक श्रीवास्तव ९, सागर गैरे र सन्तोष खनालले ७ रन बनाएका थिए । बलिङमा बोस्टनका लागि दिवस खड्का र आशीष रानाले २/२ विकेट, दिब्यान्स बेल्वासे र दिपु भुजेलले १/१ विकेट लिए ।

१ सय १९ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको बोस्टन २५ बलमा ९ विकेट गुमाउँदै १ सय १२ रनमा सीमित भई ७ रनले पराजित भयो । बोस्टनका आशीष रानाले ४१ रन, अरविन पौडेल २३ रनको योगदान दिए । बलिङतर्फ वेस्टर्नका सागर गैरेले सर्वाधिक ४ विकेट लिएका थिए ।

मंगलबारको पहिलो खेलमा सर्वाधिक ४ विकेट लिएका वेस्टर्न क्रिकेट एकेडेमी बुटवलका खेलाडी सागर गैरे म्यान अफ द म्याच भएका थिए ।

दोस्रो खेलमा टस जितेर फिल्डिङ गरेको स्टारले निर्धारित २५ ओभरमा मदन भण्डारीबाट ९० रनको लक्ष्य पाएको थियो । मदन भण्डारीका लागि ब्याटिङमा सेहजाद आलमले १७ रन, संकेत भट्टराईले १३ रनको योगदान गरे । स्टारका लागि बलिङतर्फ निराजन भट्टराई ३ विकेट, निरज मोर्याले २ विकेट लिए ।

९० रनको लक्ष्य पछ्याएको स्टारले १९ ओभरमा लक्ष्य भेट्टायो । स्टारका लागि ब्याटिङमा आसमान थारुले १९ रन नटआउट, रंजित १७ रनको योगदान गरे ।

बलिङमा मदन भण्डारीका अर्जुन गारुस ३ विकेट, विशाल भुसालले २ विकेट, स्टारले ३ विकेटले खेल जितेको थियो ।

सर्वाधिक ३ विकेट लिएका स्टार क्रिकेट एकेडेमी बुटवलका खेलाडी निराजन भट्टराई म्यान अफ द म्याच भएका थिए ।

प्रकाशित : चैत्र १३, २०८० २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?