२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

यू-१९ राष्ट्रिय क्रिकेट : मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

माधव ढुंगाना

भैरहवा — छैठौं खड्गप्रसाद गौचन मेमोरियल यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी भएको छ ।

यू-१९ राष्ट्रिय क्रिकेट : मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक्साट्रेक ओभल क्रिकेट मैदानमा भएको खेलमा वेस्टर्न क्रिकेट एकेडेमीलाई मदन भण्डारीले सुपर ओभरमा हराउँदै विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको मदन भण्डारीले निर्धारित २५ ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनायो । जसमा संकेत भट्टराईले ४२, बिजय प्रजापतीले २९ र विशाल भुसालले १८ रन बनाएका थिए ।

बलिङमा वेस्टर्नका उत्तम जयसवालले २, शिव कुँवर र सुझाव थापाले १/१ विकेट लिए ।

प्रत्युत्तरमा, वेस्टर्न क्रिकेट एकेडेमीले १ सय २९ रनको विजयी लक्ष्य पूरा गर्न नसकेर लक्ष्य पछ्याउने क्रममा वेस्टर्नले २ बल बाँकी छँदै सम्पूर्ण विकेट गुमाएर १ सय २८ रन बनाएपछि खेल सुपरओभरमा गएको थियो । वेस्टर्नका रौनक श्रीवास्तवले ४५, रिसव बेल्वासेले २४ र सुझाव थापाको १४ रनको योगदान थियो ।

बलिङतर्फ मदन भण्डारीका अर्जुन कारुस र सन्दीप ढकालले २/२ र विशाल भुसालले १ विकेट लिए ।

सुपरओभरमा वेस्टर्नले पहिला ब्याटिङ गर्दै १ ओभरमा ६ रनको लक्ष्य बनायो । मदन भण्डारीले २ बलमै विजयी लक्ष्य पूरा गरेको थियो । खेलमा मदन भण्डारीका संकेत भण्डारी प्लेयर अफ द म्याच भए ।

पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले आफ्ना बुवाको स्मृतिमा प्रतियोगिता संचालन गरेका हुन् ।

प्रकाशित : चैत्र ११, २०८० १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?