२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

राष्ट्रिय खेलकुद प्रतिभाबाट ९ जना सम्मानित

रेग्मीलाई राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार

काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयले खेलाडी, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी ९ जनालाई बुधबार राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ ।

राष्ट्रिय खेलकुद प्रतिभाबाट ९ जना सम्मानित

सम्मानित हुने खेलाडीमा एसियाडकी रजत विजेता एरिका गुरुङ (कराते) सहित कबड्डकी कप्तान मेनुकाकुमारी राजवंशी, नविता श्रेष्ठ (टेबलटेनिस), शिवसुन्दर गोथे (टेबलटेनिस), शुभश्री श्रेष्ठ (टेबलटेनिस) र पलेशा गोवर्धन (पारा तेक्वान्दो) छन् ।

प्रशिक्षकमा पार्वती राई (कबड्डी), निर्णायकमा तेजेन्द्रसिंह महरा (टेबलटेनिस) र फिजियोथेरापिस्ट आविष्कार पुडासैनी (फुटबल) छन् । सम्मानित सबैलाई जनही एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो ।

उनीहरूलाई खेलकुदमन्त्री डिगबहादुर लिम्बूलगायतले पुरस्कृत गरे ।

सोही अवसरमा राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कारबाट गोरखापत्र अनलाइनका गोविन्द रेग्मी सम्मानित भए । रेग्मीलाई युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट प्राप्त आवेदनको मूल्यांकनका आधारमा छनोट गरी ५० हजार नगदसहित प्रशंसापत्रबाट सम्मान गरिएको हो ।

मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ वाग्मती प्रदेशबाट गोविन्दराज नेपाल (अनलाइनखबर), कोशी प्रदेशबाट हरिप्रसाद कोइराला (गोरखापत्र दैनिक), मधेश प्रदेशबाट तिवारी यादव (नयाँ पत्रिका), गण्डकी प्रदेशबाट रोहितराज पराजुली (नयाँ पत्रिका), लुम्बिनीबाट रिखीराम जिसी (समाधान दैनिक), कर्णाली प्रदेशबाट नन्दराम जैसी (हिमालयन टाइम्स), सुदूरपश्चिम प्रदेशबाट नवराज पनेरु (बाह्रखरी अनलाइन) र महिलातर्फ दैलेखकी रजनीकुमारी योगी (गोरखापत्र) सम्मानित भए । प्रोत्साहन पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ ।

मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रकाशित : माघ १७, २०८० २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?