२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

फ्रिडम र कुपण्डोल टिम फाइनलमा

काठमाडौँ — फ्रिडम ‘ए’ र कुपण्डोल ४० प्रथम कुसुन्ती ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा पुगेका छन् ।

फ्रिडम र कुपण्डोल टिम फाइनलमा

कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका–१३ को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रिडम ‘ए’ आफ्नै ‘बी’ टिमलाई टाइब्रेकरमा २–१ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

जावलाखेलमा भएको अर्को सेमिफाइनलमा कुपण्डोल ४० ले तकामी भेट्रानलाई ३–० ले हरायो । विजेताका लागि निलेन्द्र देवान, राजु तामाङ र उज्ज्वल श्रेष्ठले १–१ गोल गरे । ललितपुर महानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

प्रकाशित : पुस २७, २०८० २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?