कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

सेन्ट्रल कलेजलाई युनाइटेड गोल्डकप

नारायण शर्मा

पूर्वीनवलपरासी — युनाइटेड गोल्डकप फुटबल उपाधि सेन्ट्रल कलेज २८ बिगाहले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा नवज्योति युवा क्लब हसौरालाई १-२ गोलले पराजित गर्दै सेन्ट्रल कलेजले उपाधि जितेको हो । विजेताले २ लाख २५ हजार ५ सय ५५ नगद र उपविजेताले १ लाख ३५ हजार ५ सय ५५ नगद पुरस्कार पाएका छन् ।

सेन्ट्रल कलेजलाई युनाइटेड गोल्डकप

२० फुटवल क्लब सहभागी प्रतियोगिताको उत्कृष्ट खेलाडीको कप सेन्ट्रल कलेज २८ बिगाहका जितेश गुरुङले जितेका छन् भने सर्वाधिक गोलकर्ताको कप नवज्योति युवा क्लब हसौराका आशीष महत्तोले हात पारे । उनले खेल अवधिभर ८ गोल गरेका थिए ।

नवज्योति युवा क्लबका किपर राहुल मुखियाले उत्कृष्ट किपरको पुरस्कार प्राप्त गर्दा अनुशासित टिमको पुरस्कार चोरमारा युवा क्लबले प्राप्त गरेको छ । सेमिफाइनल प्रवेश गरेर बाहिरिने गोर्खा फोर्स सिसेनी र हरियाली युवा क्लब रजहरले २५ हजार ५ सय ५५ नगद पाए ।

भदौ २२ गतेदेखि सरस्वती मावि गिरुबारीको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो । आयोजक युनाइटेड युवा क्लबले गोल्डकपको ३८ औं संस्करण संचालन गर्ने घोषणा गरेको छ ।

प्रकाशित : आश्विन ११, २०८० २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?