कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हाङचउ एसियाली खेलकुद : निमा र वीरबहादुरले झन्डा बोक्ने

हाङचाउ — चीनमा हुने १९ औं एसियाली खेलकुद उद्घाटन समारोहमा हुने मार्चपासमा निमा घर्तीमगर र वीरबहादुर महराले नेपालको झन्डा बोक्ने भएका छन् ।

हाङचउ एसियाली खेलकुद : निमा र वीरबहादुरले झन्डा बोक्ने

नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठका अनुसार महिलामा उसुकी निमा र पुरुषमा तेक्वान्दोका वीरबहादुरले यो ऐतिहासिक अवसर पाउन लागेका हुन् ।

निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता हुन् । यस्तै वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका थिए ।

टोकियो ओलम्पिक्सदेखि महिला र पुरुष एक/एक जनाले झन्डा बोक्ने परम्परा सुरु भएको हो । लैंगिक समानताका नारा अनुसार यो निर्णय गरिएको हो ।

उद्घाटन समारोह दुई घण्टा चल्नेछ । त्यसको सुरुमा प्रतियोगितामा सहभागी ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गर्नेछन् ।

प्रकाशित : आश्विन ५, २०८० १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?