२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

नेपाल म्यानमारसँग पराजित

काठमाडौँ — अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग १–० गोल अन्तरले पराजित भएको छ । याङ्गुनमा सोमबार भएको खेलमा नेपालले खेलको अन्त्यतिर एक गोल खाएको थियो ।

नेपाल म्यानमारसँग पराजित

खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहेका बेला विन नाइन टुनले ८६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

यस गोलको क्रममा नेपालले अफ साइडको माग गरेपछि खेल केही क्षण तनावग्रस्त बनेको थियो ।

नेपालले याङ्गुनमै भएको पहिलो खेलमा भने म्यानमारलाई गोलरहित बराबरीमा रोकेको थियो । नेपाल विश्वकप तथा एसिया कप छनोटको तयारीका क्रममा म्यानमार गएको हो । नेपालले प्रारम्भिक छनोटमा लाओसको सामना गर्दैछ ।

प्रकाशित : भाद्र २५, २०८० १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?