२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

नेपाली भलिबल टोली बिस्केक जाँदै

काठमाडौँ — किर्गिस्तानको राजधानी बिस्केकमा हुने काभा नेसन्स भलिबल लिगमा भाग लिन नेपाली पुरुष भलिबल टोली शुक्रबार जाने भएको छ । नेपाल भलिबल संघका कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठको नेतृत्वमा बिस्केक जाने टोलीका खेलाडीमा भीमबहादुर गाहा, लोकेन्द्रराज गिरी, हेमन्तबहादुर मल्ल, रविन चन्द, टेकराज अवस्थी, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, दुर्गाबहादुर खड्का, सफल विश्वकर्मा, हरिबहादुर अधिकारी, राजेन्द्र विष्ट र हरीहजुर थापा छन् । प्रशिक्षकमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा भरत यादव छन् ।

नेपाली भलिबल टोली बिस्केक जाँदै

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिहीबार बिदाइ गरे । उनले उच्च प्रदर्शनका लागि खेलाडीलाई हौसला प्रदान गर्दै यसलाई एसियाली खेलकुदका लागि तयारी प्रतियोगिताको रूपमा लिनुपर्ने बताए ।

रेफ्री शेर्पा सम्मानित

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल प्रादेशिक भलिबल रेफ्री दावा शेर्पालाई बिदाइ कार्यक्रममा सम्मान गरेको थियो । सोलुखुम्बु निवासी शेर्पा नेपाल भलिबल संघ र भलिबलको अन्तर्राष्ट्रिय संस्था एआईभिबीको झण्डा सर्वोच्च शिखरमा फहराएका थिए । नेपालको राष्ट्रिय खेल भलिबल र भलिबलको अन्तर्राष्ट्रिय संस्थालाई विश्व शिखरमा पुर्‍याएको भन्दै शेर्पालाई सम्मान गरिएको हो ।

प्रकाशित : जेष्ठ ३२, २०८० २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?