२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

तेस्रो प्रकाश स्मृति बक्सिङ असारमा

काठमाडौँ — तेस्रो प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ । अखिल नेपाल खेलकुद संघको आयोजनामा असार १७ देखि २० सम्म काठमाडौंको बूढानीलकण्ठमा हुनेछ ।

तेस्रो प्रकाश स्मृति बक्सिङ असारमा

प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले शनिबार पत्रकार सम्मेलनमा बताए ।

प्रतियोगितामा पुरुषतर्फ ५१, ५७, ६३, ७१, ८०, ९२ र ९२ केजीमाथि तथा महिलामा ५०, ५४, ५७, ६०, ६६ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा तीन विभाग र सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक केसीले बताए । उनले हरेक तौल समूह र महिला तथा पुरुषतर्फका उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने बताए । उनले पुरस्कारका बारेमा पछि विस्तृत रूपमा जानकारी दिने बताए ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ, उपाध्यक्ष किरणबहादुर श्रेष्ठले प्रतियोगिताबारे बोलेका थिए ।

प्रकाशित : जेष्ठ ६, २०८० २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?