कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

पलेशा गोवर्धन बनिन् उत्कृष्ट पारा खेलाडी

कान्तिपुर संवाददाता

काठमाडौँ — पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन उत्कृष्ट पारा एथ्लेटको अवार्डबाट सम्मानित भएका छन् । मंगलबार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत उनलाई वर्षको उत्कृष्ट पारा खेलाडी घोषित गरिएको हो ।

पलेशा गोवर्धन बनिन् उत्कृष्ट पारा खेलाडी

टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर क्वाटरफाइनल पुगेकी पलेशाले एसियन युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । पारा ओलम्पिकमा दुई फाइट जित्ने पनि उनी पहिलो खेलाडी हुन् ।

यस वर्ष अन्य अवार्डहरूमध्ये राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई वर्ष प्रशिक्षकको अवार्ड प्रदान गरिएको छ ।

त्यस्तै फुटबलर अन्जन विष्ट वर्ष पुरुष खेलाडी बन्दा भलिबल टिमकी कप्तान अरुणा शाहीले वर्ष महिला खेलाडीको उपाधि जितेकी छिन् ।

त्यस्तै भलिबलकै उषा भण्डारीलाई पिपल्स च्वाइस अवार्ड दिइएको छ । त्यसैगरी फुटबल मनिष डाँगीले वर्ष युवा खेलाडीको उपाधि जितेका छन् । त्यस्तै रुघुराज वन्तलाई भने लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको छ ।

प्रकाशित : फाल्गुन २३, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?