कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

संखुवासभामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता

संखुवासभा — संखुवासभा सदरमुकाम खाँदबारीमा बुधबारबाट प्रदेश १ स्तरीय तेस्रो रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा प्रदेश १ का १३ जिल्लाका टिम सहभागी भएका छन् । 

संखुवासभामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता

सुनसरी, झापा, भोजपुर र संखुवासभा दोस्रो चरणमा प्रवेश गरेको आयोजक सूर्य आवासीय माध्यमिक विद्यालयले जनाएको छ । विजयीले २ सय १० तोला चाँदीको शिल्ड, १ लाख ११ हजार नगद र ३ तोलाको चाँदीको पदक पाउने छन् । उपविजेताले ५५ हजार नगद र २ तोलाको चाँदीको पदक पाउने छ ।

प्रतियोगिता माघ २१ सम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रकाशित : माघ १८, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?