कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

पुलिस समूह विजेता, आर्मी सेमिफाइनलमा

काठमाडौँ — नेपाल पुलिस क्लब सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ समूह विजेता बनेको छ ।

पुलिस समूह विजेता, आर्मी सेमिफाइनलमा

समूह ‘सी’ मा बुधबार पुलिसले गण्डकी प्रदेशलाई २५–२३, २५–२१, २४–२६, २५–१५ ले हराएको हो । पुलिसले तीनै खेलमा जित हात पार्दै ९ अंकसाथ समूह विजेता बन्यो । पुलिसले क्वाटरफाइनलमा समूह ‘ए’ को उपविजेता दावाँली मिलन केन्द्रसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘सी’ कै अर्को खेलमा ढोरपाटन स्पोर्ट्स क्लबले नवप्रवेशी न्युटन भलिबल एकेडेमीलाई सनसनीपूर्ण खेलमा २५–२३, २५–२०, १८–२५, २२–२५, १५–९ ले हरायो । एक खेल जित र एक खेल हारेको ढोरपाटनको २ अंक भएको छ भने न्युटनको १ अंक छ । गण्डकीको ३ अंक भएको छ । समूह ‘सी’ बाट अगाडि बढ्ने दोस्रो टोलीको टुंगो गण्डकी र ढोरपाटनबीचको खेलबाट लाग्नेछ ।

समूह ‘डी’ को खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले वाग्मतीको केशवलाल स्मृति भलिबल क्लबलाई २५–१८, २५–१८, २५–१३ ले पराजित गर्‍यो । हेल्प नेपाल ६ अंकसहित क्वाटरफाइनल पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा महिलातर्फ समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ । बुधबार आर्मीले गण्डकी प्रदेशलाई २५–११, २५–१०, २५–१५ ले पराजित गरेको हो । टोली ६ अंकसाथ अन्तिम चारमा पुग्यो । आर्मीले कृष्ण सेकेन्डरी एकेडेमीलाई हराएको थियो ।

समूह ‘ए’ मा एभरेस्ट भलिबल क्लबले नयाँबजार सामाजिक युथ क्लबलाई २५–१२, २५–१२, २५–१४ ले पराजित गर्‍यो ।

प्रकाशित : पुस २७, २०७९ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?