कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शोएबले पुराना दिन सम्झँदा

क्रिकेटका तीनै ढाँचामा गरेर उनले ४ सय ४४ विकेट लिएका छन् । अहिले पाकिस्तान र इंग्ल्यान्डबीच टेस्ट शृंखला चलिरहेको छ । यस्तोमा उनको चर्चा गर्न फेरि एकपल्ट उपयुक्त हुन्छ ।
बीबीसी

लन्डन — शोएब अख्तर क्रिकेट इतिहासकै सबैभन्दा तीव्र गतिका बलर हुन् । यस्तै गति उनको विपक्षी खेलाडीसँग ‘जोरी’ खोज्नुमा पनि हुन्थ्यो । एक समय उनलाई बलिउड सिनेमामा खेल्न पनि प्रस्ताव आएको थियो । जेहोस्, शोएबलाई समाचारमा कसरी छाउनुपर्छ, त्यो पूरा थाहा छ ।

शोएबले पुराना दिन सम्झँदा

उनले नाम पनि पाएका छन्, ‘रावलपिन्डी एक्सप्रेस’ । उनी विश्व क्रिकेट इतिहासमा प्रतिघण्टा सय माइल (१६० किमि) को गति तोड्ने पहिलो बलर हुन् । सन् २०११ मा उनले संन्यास लिए ।

क्रिकेटका तीनै ढाँचामा गरेर उनले ४ सय ४४ विकेट लिएका छन् । अहिले पाकिस्तान र इंग्ल्यान्डबीच टेस्ट शृंखला चलिरहेको छ । यस्तोमा उनको चर्चा गर्न फेरि एकपल्ट उपयुक्त हुन्छ । क्रिकेटका कुरा गर्नुपर्छ, उनी खुबै मन खुलेर बोल्न चाहने खालका छन् । अनि उनले बोल्ने विषय पनि धेरै फराकिलो हुन्छ । उनी अहिले ४४ वर्षका भए । आफ्नो खेलजीवनका केही खास–खास मोडलाई फर्केर हेर्दा उनलाई कस्तो लाग्छ त ? अनि विश्व क्रिकेट उनले खेल्न छाडेयता कस्तो परिवर्तनबाट गुज्रियो त ?

सन् २००३ को विश्वकपमा शोएबले नयाँ इतिहास रचेका थिए । उनले आधिकारिक रूपमा प्रतिघण्टा सय माइलको गतिमा बलिङ गरे र यस्तो गर्ने उनी पहिलो बलर पनि भए । यो खेल इंग्ल्यान्डविरुद्ध थियो केपटाउनमा । अनि उनको त्यो बल सामना गर्ने ब्याट्सम्यान थिए निक नाइट ।

शोएब आफैं पनि यो उपलब्धिलाई धेरै ठूलो मान्दैनन्, किनभने उनका लागि यो खासै गाह्रो थिएन । यो त खाली त्यतिबेला मिडियाले बढी हल्ला गरेको समाचारमात्रै हो ।

एउटा तथ्य के हो भने शोएबको यो प्रदर्शनले विश्व क्रिकेटलाई कुरा गर्ने एउटा विषय भने प्राप्त भयो । तर शोएब भन्छन्, ‘यो कामका लागि मैले कति धेरै हड्डी खियाए होला, यसका लागि मैले थप केही बढी कमाएको पनि थिइनँ ।’ उनी यो कीर्तिमान बनोस्, यत्ति भने चाहन्थे । उनले त्यसका लागि त्यसै खाले अभ्यास पनि गरेका थिए । ती दिन सम्झेर उनले भनेका छन्, ‘मैले यो कामका लागि निक नाइटलाई नै बलिङ गर्ने योजना बनाएको थिएँ ।’

यसका लागि शोएबले नाइटलाई होसियारी पनि गरेका रहेछन् । ल है, अब सय माइलको गतिमा बल आउने छ । शोएबले यो उपलब्धिका लागि धेरै मिहिनेत भने गरेका छन् नै । जस्तो, उनले १ सय ७० केजी बोकेर दौडिन सुरु गरे । प्रत्येक सय मिटरको दौडपछि त्यसमा २० केजी कमी गर्थे । बलिङका लागि उनले २६ यार्डबाट दौडिन सुरु गर्थे । र, यसका लागि उनले क्रिकेट बलभन्दा केही गह्रौं अर्कै बल पनि प्रयोग गरे ।यसले शोएबले ६ किलोमिटर गति बढाउन सफल रहे ।

शोएब सबैको ध्यान आफूमै केन्द्रित होस् भनेर चाहने खालका पनि होइनन् । तर मान्छन्, सबैको ध्यान आफूमै हुने बेला मज्जा पनि बेस्सरी आउने गर्छ । उनी भन्छन्, बलिङका लागि दौडिने बेला दर्शक, मिडिया सबैको ध्यान आफूमा हुने बेला त्यसले अलग्गै माहोल बन्छ । उनको जमानामा ९६.३ किलोमिटरको गतिले बलिङ गर्नु सजिलै हुन्थ्यो, यत्तिका बलर राम्रै संख्यामा पाइन्थ्यो ।

अचेल यस्तो हुन्न, अहिलेको बलको गति झरेर ३ किलोमिटरवरिपरि आइपुगेको छ । शोएब यसबारे के भन्छन् त ? उनको जिकिर छ, ‘मेरो समयमा म जत्तिकै तीव्र गतिले बलिङ गर्ने ६ जना जति बलर दक्षिण अफ्रिकामै थिए । अब समय फेरिएको छ । धेरै गतिमा बलिङ गर्नु अहिले सम्भव छैन । अहिले दुई नयाँ बलका नियम छ, त्यसमाथि बलरमाथि मात्रै धेरै नियन्त्रण पनि । अझ क्रिकेट पनि धेरै भइरहेको छ, अझ अत्यधिक संख्यामा ट्वान्टी–२० क्रिकेट भइरहेको छ ।’

त्यसैले अहिले बलर पनि चलाख भएका छन् । उनका उद्देश्य धेरै तीव्र गतिमा बलिङ गरेर घाइते हुनुभन्दा लामो समय खेलेर राम्रै कमाउनु ठीक हुने गर्छ । बलर अहिले १० वर्ष जति खेल्न चाहन्छ । शोएबको समयमा धेरै हदसम्म त्यस्तो थिएन । उनको समयमा नियम पनि केही खुकुलो थियो, अहिले बलरले दुई बाउन्सरमात्र फाल्न सक्छ । जतिबेला यो दुई बाउन्सरको नियम बनेको थियो, त्यतिबेला उनी साह्रै निराश भएका थिए । अब त शोएब विश्व क्रिकेटमा सनसनी मच्चाउन सक्ने खेलाडी पनि भएको मान्छन् । उनी प्रश्न गर्छन्, बेन स्टोक्स एकजना हो, खेलेर समाचारमा छाउन सक्ने, अरू कहाँ पो छन् र ?

शोएब एकपल्ट म्याथ्यु हेडनसँग झगडामा पनि फसे । शोएबले त्यतिबेला भनेका थिए, ‘हेडनको शरीर मेरोभन्दा दुई गुणाले ठूलो छ, तर यस्तो शरीरले केही फरक पार्दैन ।’ उनको यस्तै कामले क्रिकेट अझ रोमाञ्चक भएको मान्छन् शोएब ।

यस्तै झगडा उनले एन्ड्र्यु फ्लिन्टफविरुद्ध पनि गरे । भारतीय खेलाडीसँग पनि उनको यस्तै झगडा भइरहन्थ्यो कम्तीमा मुखले । उनको युवराज सिंह र हरभजन सिंहसँग यस्तै वाक्युद्ध पनि भयो । तर शोएब भन्छन्, तर मेरो विपक्षी टिमका खेलाडीसँगै जहिले राम्रो सम्बन्ध रह्यो, विशेषतः भारतीय खेलाडीसँग । बरु उनी के मान्छन् भने पाकिस्तानी क्रिकेट बोर्डसँगै त्यति राम्रो सम्बन्ध हुन सकेन । बोर्डले चाहिएका बेला शोएबलाई सक्दो सहयोग गरेन । उनी यस्तै मान्छन् ।

प्रकाशित : श्रावण २८, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?