२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

भन्सार छलीका सामान बरामद

भवानी भट्ट

कञ्चनपुर — भारतबाट भन्सार छलेर भित्र्याइएको २ लाख रुपैयाँभन्दा बढीको मालसामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले भीमदत्त नगरपालिका १० गज्जरबाट बुधबार उक्त सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीका अनुसार लेडिज सुट र स्कुटर एक थान गरी २ लाख ५ हजार मूल्यको सामान बरामद गरिएको हो ।

उक्त सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३, २०८० १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?