कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५०

कालीकोट एमालेको अध्यक्षमा मल्ल विजयी

कालीकोट — नेकपा एमाले जिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन् । चैत्र २१ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा सहमति नभएपछि चैत २४ गते चुनाव भएको हो । 

कालीकोट एमालेको अध्यक्षमा मल्ल विजयी

चुनावमा मल्लले दयाराम सिम्खडालाई ३२ मतले पराजित गरेका हुन् । कूल ४ सय २८ प्रतिनिधि भएको अधिवेशनमा ४ सय २४ मत खस्दा मल्लले २ सय १८ मत ल्याए भने सिम्खडाले १ सय ८६ मत पाए । त्यस्तै उपाध्यक्षमा मल्ल टिमकै टेकबहादुर बुढाले २ सय १०, सचिवमा पुष्पराज आचार्यले २ सय १२ मत ल्याएर विजयी भएका छन् ।

उपसचिवमा पुरुषतर्फ पवित्रकुमार शाही र महिलातर्फ ताराकुमारी शाही विजय भए । निर्वाचनको परिणाम आइसकेपछि प्रतिक्रिया दिँदै मल्लले सबैको भावनालाई समेटेर अघि बढ्ने बताए । चुनावबाट धेरै सिकाइ भएकाले संगठन निर्माणमा थप सक्रिय हुने मल्लका प्रतिस्पर्धी सिम्खडाले बताए ।


प्रकाशित : चैत्र २५, २०८० ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?