कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मुख्यमन्त्री शर्माले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र

ज्योति कटुवाल

सुर्खेत — कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा पत्र बुझाएका छन् । 

मुख्यमन्त्री शर्माले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र

बुधबार प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुख परियारलाई राजीनामा पत्र बुझाएका हुन् । उनको राजीनामा स्वीकृत गरी नयाँ मुख्यमन्त्रीका लागि प्रस्ताव आह्वान गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

आजै एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीको प्रस्ताव लिएर प्रदेश प्रमुखको जाने एमाले नेताहरु बताउँछन् ।

सत्ता साझेदार दल माओवादी र एमालेबीच शक्ति बाँडफाँडको छलफल सकिएलगत्तै कँडेल मुख्यमन्त्री प्रस्ताव लिएर प्रदेश प्रमुखकहाँ जाने तयारीमा छन् ।

प्रकाशित : चैत्र २१, २०८० १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?