कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

सल्यानका स्वास्थ्यकर्मीले दसैंमा पनि तलब पाएनन्

विप्लव महर्जन

सल्यान — सल्यानका स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पतालका ८७ जना कर्मचारी, डाक्टर, स्वास्थ्यकर्मी, कार्यालय सहयोगीले तलब पाएका छैनन् ।

सल्यानका स्वास्थ्यकर्मीले दसैंमा पनि तलब पाएनन्

झन्डै दुई महिनादेखि कार्यालय प्रमुखबिहिन भएको कार्यालयमा सम्बन्धित निकायले प्रमुखको जिम्मेवारी कसैलाई तोक्न नसक्दा कर्मचारी, स्वास्थ्यकर्मी, डाक्टरले तलब नपाएका हुन् ।

जनताको सेवामा रातदिन नभनी खटिएर सेवा दिंदै आएपनि दसैंको समयमा तलब नपाएपछि स्वास्थ्य सेवा कार्यालय तथा अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी कर्मचारी, आक्रोसित छन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानबाट पुजा आचार्य काज सरुवा भएर गएपछि उनको ठाँउमा डा. अर्जुन बुढामगर आएका थिए । अर्जुन बुढामगर स्थानीयतहमा समायोजनमा परेका कारण सामाजिक विकास मन्त्रालयले कार्यालय प्रमुखको जिम्मेवारी दिन सकेको थिएन । जिल्लाबाट प्रमुखको माग राख्दै आएपछि सामाजिक विकास मन्त्रालय सुर्खेतले सुजन सापकोटालाई पठाएको थियो ।

राजनीतिक खिचातानीका कारण अर्जुन बुढामगरलाई नै प्रमुख बनाउने मनसायका कारण सापकोटाको सरुवा मुख्यमन्त्री कार्यालयबाट रोकिएपछि स्वास्थ्य कार्यालय दुई महिनादेखि प्रमुखबिहिन छ ।

कार्यालय प्रमुख नभएकै कारण दसैं नजिकिँदै गर्दापनि अहिलेसम्म तलव खान नपाएको स्वास्थ्य कार्यालयमा कार्यालय प्रमुखको लागि सरुवा भएर आएपनि अहिलेसम्म प्रमुखको जिम्मेवारी पाउन नसकेका डा. अर्जुन बुढामगरले बताए । ‘तलब पाए दसैं पर्व मनाउन घर जाने हुन्थ्यो । तलब नै आएको छैन कसरी जानु र !’ उनले भने । कार्यालय प्रमुखको लागि पहल गर्दै आएपनि सम्बन्धित निकायले बेवास्ता गरेको उनको भनाई छ ।

जिल्ला अस्पताल सल्यानका ईन्चार्ज एमडिजिपी डा. अभिषेक सिंहले कार्यालय प्रमुख नभएका कारण स्वास्थ्यकर्मी कर्मचारीको तलब मात्र नभई कार्यालयले गर्नुपर्ने सबै काम रोकिएको र अस्पतालमा अभाव भएको औषधीको अहिलेसम्म पूर्ति हुन नसक्दा सेवा दिन कठिनाई भएको बताए । एनएसआईबाट जिल्ला अस्पताल सल्यानमा कार्यरत उनले स्वास्थ्य सेवा कार्यालय प्रमुखले हस्ताक्षर गरि केन्द्रमा पठाएपछि तलब आउने भएपनि कार्यालय प्रमुख नभएकै कारण तलब आउने संभावना नरहेको जानकारी गराए । ‘तलब पाए दसैं पर्व मनाउन घर जान हुन्थ्यो । तलब खान पाईएको छैन । गोजीमा पैसा छैन कसरी जानु’ उनले भने, ‘प्रमुख नहुँदा अहिले धेरै समस्या भएको छ ।'

जिल्ला अस्पताल सल्यानमा कार्यरत स्वास्थ्यकर्मी कोपिला रानाले तलब पाउन नसक्दा सापटी लिएर दसैं मनाउनुपर्ने अवस्था आएको बताईन् ।


प्रकाशित : कार्तिक १, २०८० १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?