कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

देउखुरी (दाङ) — लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महराले प्रदेशसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

शुक्रबार प्रदेशसभामा कायम रहेको ८६ सदस्यमध्ये मुख्यमन्त्री महराले संविधानको १८८ को उपधारा १ बमोजिम प्रदेशसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा ४८ सांसदले मत दिएका छन् । उनको विपक्षमा २८ जनाले मतदान गरेका थिए ।

प्रदेशसभामा ३/३ सांसद रहेका राप्रपा र लोसपा भने अनुपस्थित रहे ।

माओवादी केन्द्रका नेता महरा एमालेका २९, नागरिक उन्मुक्तिका ४, जनता समाजवादी पार्टी (जसपा) ३, एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद १ गरी ४८ सांसदको समर्थनमा २३ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित : चैत्र ३०, २०८० १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?