कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

तुलसीपुरमा घरको छतबाट खसेर युवकको मृत्यु

दुर्गालाल केसी

दाङ — तुलसीपुरमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ शारदा टोलस्थित आफ्नै दुई तले घरबाट खसेका ३५ वर्षीय टंकबहादुर वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बिहीबार बेलुका घरको छतबाट खसेका वलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको थियो ।

उपचार गर्न लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । त्यसपछि फर्काएर पुनः राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । छतबाट खसेका वलीको टाउकोलगायत शरीरका भित्री अंगहरुमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १३, २०८० २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?