कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

परिवार नियोजनमा अझै भ्रम : पुरुष डराउँछन् महिलाको बन्ध्याकरण गराउँछन् 

लुम्बिनीमा ५ वर्षमा ८ हजार ८ सय ३ महिला परिवार नियोजन गराउँदा पुरुष  ५ सय ५८ ले मात्रै गराए 
अमृता अनमोल

बुटवल — परिवार योजना दम्पती मिलेर बनाए पनि नियोजनमा पुरुषहरुको सहभागिता अति न्यून छ । यसले गर्दा परिवार नियोजन गर्न पुरुष डराएर आफू पछि सर्ने महिलालाई अघि सार्ने गरेको देखिएको छ । लुम्बिनीमा स्थायी बन्ध्याकरण गराउने पुरुषको संख्या अपेक्षाकृतरुपमा बढ्न सकेको छैन ।

परिवार नियोजनमा अझै भ्रम : पुरुष डराउँछन् महिलाको बन्ध्याकरण गराउँछन् 

लुम्बिनी प्रदेशमा ५ वर्षमा ८ हजार ८ सय ३ महिलाले स्थायी परिवार नियोजन गर्दा पुरुषको स‌ंख्या ५ सय ५८ मात्रै छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यो आर्थिक वर्ष २०७५/७६ देखि ०७९ /८० सम्मको तथ्यांक हो ।

निर्देशनालयका अनुसार २०७५/ ७६ मा १ हजार ४२ महिलाले स्थायी परिवार नियोजन गर्दा पुरुष जम्मा ८४ थिए । आर्थिक वर्ष २०७६/ ७७ मा २ हजार ३ सय ४९ महिलाले परिवार नियोजन गर्दा पुरुष १ सय ४८ र आर्थिक वर्ष २०७७/७८ मा १ हजार ६ सय ५७ महिला हुँदा र पुरुष १ सय ६४ जना थिए । आर्थिक वर्ष २०७८/ ७९ मा २ हजार १ सय ७७ महिला र पुरुष १ सय ५३ एवं गत आर्थिक वर्ष २०७९/८० मा मा १ हजार ५ सय ७८ महिलाले परिवार नियोजन गर्दा पुरुष १ सय ५७ जना मात्रै पुरुषले स्थायी परिवार नियोजन अपनाएका छन् ।

निर्देशनालयका परिवार नियोजन अधिकृत कौशल भण्डारीले कमजोर भइन्छ भन्ने भ्रमका कारण परिवार योजना र नियोजनमा पुरुष सहभागिता बढाउन चुनौती रहेको बताए । भ्रम हटाउन पुरुषलाई प्राथमिकतामा राखेर दम्पतीबीच सचेतना कार्यक्रम गर्न थालिएको छ । ‘दम्पती शिक्षा, परिवार योजना र नियोजनका भ्रम र फाइदाबारे विभिन्न स्थानमा अभिमुखीकरण थालिएको छ । केही स्थानमा परिवार स्थायी नियोजन गरेका पुरुषलाई रोलमोडलका रुपमा चिनाएर पनि सचेतीकरण गरिएको छ,’ उनले भने ।

परिवार नियोजन गर्नु भनेको सन्तान जन्माउन रोक्नु मात्र होइन गर्भलाई सुनियोजित बनाउनु पनि हो । स्थायी नियोजनले अनिच्छित सन्तान जन्माउन रोक्छ भने अस्थायीले जन्मान्तरमा सघाउँछ । अधिकारकर्मी सुमित्रा शर्माले दम्पतीबीच सुख र खुसी ल्याउने भएकाले परिवार नियोजन सेवामा पुरुषको सहभागिता बढाउनुपर्ने बताइन् ।

प्रकाशित : भाद्र ३, २०८० १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?