कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

बबईमा जलस्तर घट्यो, कर्णालीमा बढ्यो

कमल पन्थी

बर्दिया — बबई नदीमा आएको बाढीको जलस्तर घटेपछि जनजीवन सामान्य हुँदै गएको छ । कर्णालीमा भने पानीको बहाव बढेको छ ।

बबईमा जलस्तर घट्यो, कर्णालीमा बढ्यो

कर्णालीमा सोमबार दिउँसो ९ दशमलव ५ मिटरमाथि पानी बगिरहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । कर्णालीमा १० मिटरमाथि पानी बगे सामान्यत: बाढीको उच्च जोखिम मानिन्छ ।

कर्णाली नदीले राजापुर नगरपालिका—४ दलैघाटमा कटान सुरु गरेको छ । यस क्षेत्रमा सुरक्षा निकायलाई उच्च सतर्कता अपाउन निर्देशन दिएको प्रजिअ रिसालले बताए । बबईमा बाढीबाट ४ सय ८६ जनाको घर डुबानमा परेको थियो । तीमध्ये ४३ घरका २ सयभन्दा बढी मानिस विभिन्न आश्रयस्थलमा बसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबार वर्षा रोकिएपछि बबई लगायत खोलानालाका जलसतह निकै कम भएको छ । यसैबीच दाउरा संकलन गर्दा बबई नदीमा बेपत्ता भएका तीन जना अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक हृदेश सापकोटाले बताए ।

सीमावर्ती भारतीय सुरक्षा अधिकारीसँग बेपत्ता भएकाको खोजीमा सहयोग गर्न समन्वय गरिएको प्रहरी निरीक्षक सापकोटाले जनाए । बबईले बगाउँदा गुलरिया—१२ भैसाहीका एक युवा बेपत्ता भएका छन् । बबईमा दाउरा संकलन गर्ने क्रममा ३० वर्षीय वालकृष्ण थारु, गुलरिया—८ थपुवाका २३ वर्षीय अक्षय चौधरी र गुलरिया—२ का महेश चौधरीलाई बबई नदीको बैरियाघाटबाट बगाएको थियो ।

प्रकाशित : श्रावण २९, २०८० १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?