कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

प्रधानमन्त्री दाहालले राजनीतिलाई विकृत बनाए : उपमहासचिव ज्ञवाली

वीरेन्द्र केसी

देउखुरी — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेपाली राजनीति विकृत बनाएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री दाहालले राजनीतिलाई विकृत बनाए : उपमहासचिव ज्ञवाली

दाहालले राजनीतिमा झुठ र बेइमानी प्रस्तुत गरेर राजनीतिलाई अत्यन्तै विकृत बनाएको उनको आरोप थियो ।

दाङको देउखुरीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् । एमालेले दाहाललाई राम्रोसँग देशको नेतृत्व गर्नुहोला भनेर प्रधानमन्त्रीमा समर्थन गरेको तर दाहालले बेइमानी गरेर बाटो बदलेको उनको भनाइ थियो ।

दाहाल कुर्सी बचाउनका लागि बाह्य शक्तिको हितमा लाग्दा मुलुकमा अस्थिरता पैदा भएको पनि नेता ज्ञवालीको आरोप थियो ।

अर्को प्रसंगमा उनले कांग्रेस-एमालेको वैकल्पिक सरकार बनाउनभन्दा एमाले सम्पूर्ण ध्यान २०८४ को चुनावमा बलियो शक्तिको रुपमा देशको नेतृत्व गर्नतिर केन्द्रित भएको बताएका थिए । देशमा विकृति र अराजकता निम्तिँदा पनि कांग्रेस पार्टीलाई कुनै महसुस नभएको उनको टिप्पणी छ ।

प्रकाशित : श्रावण २४, २०८० १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?