३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

स्वास्थ्यसम्बन्धी संशोधन विधेयकमाथि छलफल हुँदै
घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको २० औँ बैठक मंगलबार दिउँसो १ बजे बस्दै छ । बैठकमा स्वास्थ्य संस्था नवीकरण, सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

सोमबार बस्ने भनिएको बैठक काठमाडौंमा भएको सभामुख, उपसभामुखहरूको सम्मेलन लम्बिएपछि सूचना प्रकाशित गरी स्थगित गरिएको थियो ।

यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको संशोधन विधेयक पेस भएका थिए ।

निजामती कर्मचारीसम्बन्धी विधेयक विषयगत समितिमा छलफल हुने भए पनि स्वास्थ्यसम्बन्धी विधेयक मंगलबारको बैठकमा छलफल गर्ने तयारी छ ।

निजामती विधेयकमा उल्लेख भएका केही बुँदा संशोधन गर्न माग गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन घोषणा गरेका छन् । कर्मचारीले मंगलबारको बैठक अगाडि प्रदेशसभा भवनको गेटमै धर्ना दिने तयारी गरेका छन् ।

प्रकाशित : श्रावण ९, २०८० १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?