कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

गुल्मीको मदानेमा खुकुरी प्रहारबाट किशोर घाइते

गगनशिला खड्का

गुल्मी — गुल्मीको मदाने गाउँपालिकामा खुकुरी प्रहारबाट एक किशोर घाइते भएका छन् । मदाने गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय रमेश परियारको खुकुरी प्रहारबाट सोही वडाका १५ वर्षीय सन्तोष कुँवरमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका इन्स्पेक्टर कुशलसिंह ठकुरी जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते भएका कुँवरको दाहिने हातको कुममा गम्भीर चोट लागेको छ । विद्यालयका साथीहरुसँग पुसे पन्ध्रको वनभोज खान गएका कुँवर र साथीहरु मिलेर वनभोज गएका परियारबीच पुर्कोट दहको कङकेदेउरालीमा भेट भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय पुर्कोटदहमा राखेको छ भने घाइते कुँवरको अर्घाखाँचीको सन्धिखर्कमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने परियार नेपाली कांग्रेस मदाने वडा नं. ६ का सचिव भएको खुलेको छ ।

प्रकाशित : पुस १६, २०७९ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा निजी क्षेत्र पनि अख्तियारको दायराभित्र पर्ने गरी प्रस्तावित व्यवस्थाबारे तपाईंको धारणा के छ ?

x
×