कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

अमृता अनमोल

बुटवल — सुन काण्डमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो ।

बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले अनुसन्धानका लागि उनलाई निलम्बन गरिएको सूचना पाएको बताए ।

केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरेपछि मुद्दा प्रक्रिया अघि बढाउनुको साटो रकमको बार्गेनिङ गरेको जानकारी पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गरेको थियो । यही क्रममा प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको टोलीले आइतबार साँझ निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो । केसीको निवासमा खानतलासीबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको थियो‚ जसमा ८ लाख ५० हजार रूपैयाँको चेक र ९ लाख ५० हजार रूपैयाँको खिम जीसीको नाममा रहेको चेक थियो ।

केसीको करतुतबारे अनुसन्धानमा सघाउन निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार
बुटवलका डीएसपी ठगबहादुर केसी सुन र नगदसहित पक्राउ

प्रकाशित : पुस १४, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×