कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

तीन करोड लगानीमा कृषि फार्म

अर्घाखाँची — छत्रदेव गाउँपालिका–५ मा बहुउद्देश्यीय कृषि फार्म खोलिएको छ । युवा तेजेन्द्रकुमार श्रेष्ठले १ सय २० रोपनीमा फार्म सञ्चालन गरेका हुन् ।

फार्ममा ३५ वटा बाख्रा, ३ हजार कुखुरा र चारवटा भैंसी पालन गरिएको छ । बढ्दो बसाइँसराइले गाउँको पाखोबारी बाँझिने क्रम बढेपछि श्रेष्ठले खर्‍यानलाई नै बारी बनाएर खेती सुरु गरेको बताए । तीन वर्षदेखि यहाँ चारवटा भवन बनिरहेका छन् ।

बाख्राका लागि आधुनिक खोर निर्माण भएको छ । लोकल र बोइलर कुखुराका लागि छुट्टाछुट्टै खोर छन् । भैंसीका लागि छुट्टै गोठ छ । ‘अहिलेसम्म ३ करोड रुपैयाँ लगानी भएको छ,’ श्रेष्ठले भने, ‘बारीमा अहिले मकै फल्दैछन् । गोलभेंडा, काउली, फर्सी, मुला, आलु, बोडी सिमीलगायत तरकारी उत्पादन हुन्छ ।’

प्रकाशित : पुस ११, २०७९ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×