कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

२८९ जनाको दाँतको उपचार

लुम्बिनी — लुम्बिनीमा आयोजित तीनदिने निःशुल्क दाँत उपचार शिविरमा २ सय ८९ जनाले परीक्षण उपचार गराएका छन् । थाई राजदूताबास, राजकीय थाई मोनास्ट्री र लुम्बिनी स्वर्णभूमि फाउन्डेसनको आयोजनामा मंगलबार सम्पन्न शिविरमा दाँतको सरसफाइ, दाँत निकाल्ने र भर्ने काम गरिएको हो । 

२८९ जनाको दाँतको उपचार

थाइल्यान्डको महिडोल मेडिकल विश्वविद्यालयअन्तर्गत रामाथिवधि अस्पतालका दन्तरोग विशेषज्ञ डा. मन्थोल सुवानुकार्स नेतृत्वमा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका १० जना स्वास्थ्यकर्मीले उपचार गरेका थिए ।

शिविरमा ४ लाख बराबरको औषधि वितरण गरिएको थियो ।

प्रकाशित : मंसिर २८, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×