कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ब्याजदर वृद्धिविरुद्ध अर्थमन्त्रीलाई पाल्पा उद्योग वाणिज्य संघको ज्ञापन

माधव अर्याल

पाल्पा — बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर वृद्धिप्रति आपत्ति जनाउँदै पाल्पा उद्योग वाणिज्य संघले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 

ब्याजदर वृद्धिविरुद्ध अर्थमन्त्रीलाई पाल्पा उद्योग वाणिज्य संघको ज्ञापन

बैंक ब्याजदरविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत संघले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र पठाएको हो । कोभिड महामारीको कारणले व्यवसायमा देखिएको मन्दीले आर्थिक तरलताको समस्या झेलिरहेका उद्योगी तथा व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाले अधिक वृद्धि गरेको ब्याजदरले झनै आघात पुगेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष शैलेन्द्र भट्टराईले बैंक तथा वित्तीय संस्थाहरुबाट एकपक्षीय रुपमा गरिएको ब्याजदर वृद्धि तथा संशोधित कर्जा नीतिका कारण साना, मझौला तथा लघु उद्यम गर्ने उद्यमी व्यवसायी पीडित भएको बताए । व्यवसाय नै बन्द गरी पलायन हुनुपर्ने अवस्था आएको उनले बताए ।

अर्थमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा बैंकले लगानी तथा ब्याज उठाउन दिएका कारण कतिपय व्यवसायीहरुले आत्महत्यासम्म गर्ने अवस्था आएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । उत्पादित सामग्रीको मूल्य अकासिएर उपभोक्ताहरुको जीविका कष्टकर बन्दै गएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित : मंसिर २७, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×