कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा घर प्लास्टर गर्ने क्रममा खसेर मृत्यु

माधव अर्याल

पाल्पा — घर प्लास्टर गर्ने क्रममा खसेर पाल्पाको रामपुरमा २५ वर्षीय गजेश कुसुहवाको बिहीबार मृत्यु भएको छ । रामपुर नगरपालिका–५, बेझाडस्थ्ति दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा पर्सा छिपहरमाई–३, मंगलापुर घर भएका कुसुहवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका कुसुहवालाई उपचारका लागि रामपुर अस्पताल पठाएको थियो ।

थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २२, २०७९ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?