कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलमा दुई वटा स्वास्थ्य केन्द्र बन्ने

सन्जु पौडेल

तिलोत्तमा — बुटवल उपमहानगरपालिकाका वडा नं १३ र १७ मा १६/१६ शय्याका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बन्ने भएका छन् । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रतिभवन १ करोड ५७ लाख रुपैयाँ लागतमा केन्द्र बनाउन लागिएको हो ।

६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए । स्वास्थ्य केन्द्र भवन निर्माणका लागि यही मंसिर ९ मा टेण्डर स्वीकृत भएर निर्माण प्रक्रिया अघि बढ्ने चरणमा रहेको उनले बताए ।

'कोभिड-१९ महामारी र महामारीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग हुने गरी निर्माण हुने अक्सिजन सिलिन्डरसहितका बहुउद्देश्यीय स्वास्थ्य केन्द्र सेवाग्राहीका लागि लाभदायी हुनेछ,' उनले भने, 'स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मी रहनेछन् भने सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुनेछ ।'

प्रतिस्वास्थ्य केन्द्र ३ कठ्ठामा बन्नेछ । बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी सहर बनाउन सानास्तरदेखि विशिष्टिकृत अस्पताल बनाउने योजनाअनुसार स्वास्थ्य केन्द्र निर्माण अघि बढाएको पाण्डे बताउँछन् ।

प्रकाशित : मंसिर २१, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?