कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्याक्टरले किच्दा सहचालकको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको सैनामैनानगरपालिका – २ रिङरोडमा आइतबार साँझ ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक सैनामैना – ४ झारबैराका ६० वर्षीय ठगे थारु रहेको प्रहरीले जनाएको छ ।

थारुको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो । लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्र्याक्टरको पछाडिको चक्काले किचेको थियो ।

ट्याक्टरर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।


प्रकाशित : मंसिर १९, २०७९ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?