कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको मायादेवी गाउँपालिकाको चाकरचौडामा बिहीबार राति भारतीय नागरिकमाथि गोली प्रहार भएको छ ।  सीमासँग जोडिएको भारतको सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षे इरशाद खानमाथि दुई गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

चाकलचौडा बजारको एक मदिरा होटलमा रहेका खानमाथि दुई जनाले गोली प्रहार गरेको खुल्न आएको छ । तर, उनीहरू भारतीय वा नेपाली को हुन् खुल्न सकेको छैन । खानको काँध र कम्मरमा गोली लागेको छ ।

घाइते खानले फोन गरेर राति नै आफन्तलाई बोलाएपछि थप उपचारका लागि उनलाई भारतको गोरखपुर मेडिकल कलेज लगिएको छ ।

भारतीय प्रहरीसँगको समन्वयमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले बताए । घाइतेको आफन्तलाई नेपाली प्रहरी अधिकारीले भेटेर घटनाबारे सोधखोज थालेका छन् ।

प्रकाशित : मंसिर १६, २०७९ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?