२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सुन चोरी र खरिदको आरोपमा व्यवसायी पक्राउ

रुपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुरमा सुन चोरी गरेर बिक्री गर्ने र चोरीको सुन किनेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन् । कोहलपुरको बाबानगर रहेको निरमाया परियारको घरबाट सुन चोरी गर्ने सुशीला विकले चोरी गरेको सुन कृष्णा गण्डकी सुनचाँदी ज्वेलर्समा बिक्री गरेको प्रहरीले जनाएको छ ।

सुन चोरी र खरिदको आरोपमा व्यवसायी पक्राउ

सुनका विभिन्न गरगहनाहरू बिलबिनै खरिद गरेको आरोपमा व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कोहलपुर–११ मा रहेका कृष्ण गण्डकी सुनचाँदी ज्वेलर्सका सञ्चालक २९ वर्षीय विकास विक रहेका छन् । विकलाई बाबानगर एक घरबाट चोरी भएको गरगहना खरिद गरेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको डीएसपी ऐनबहादुर मल्लले बताए ।

‘चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेकी विकको बयानका आधारमा चोरीको गरगहना किन्दै आएका सुनचाँदी व्यवसायीलाई पक्राउ गरेका हौँ,’ डीएसपी ऐनबहादुर मल्ले भने, ‘चोरीका गरगहना बिनाबिल किनेपछि व्यवसायीलाई पक्राउ गरेका हौँ ।’ बिलबिना गरगहना किन्नु वैधानिक होइन ।’

गत मंसिर १० गते कोहलपुरको बाबानगर रहेको निरमाया परियारको घरबाट सुनको १२ आनाको पिँजडा एक जोडी, १० आनाको सुनको चुरा, १२ आनाको सुनको औँठी, चार आनाको माइली तिलहरी, एक थान मोबाइल र २५ हजार रुपैयाँ नगद चोरी भएको थियो ।

प्रकाशित : मंसिर १५, २०७९ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?