कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा भट्टराई निर्वाचित

माधव अर्याल

पाल्पा — पाल्पा उद्योग वाणिज्य संघको सोमबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन् । निर्वाचनमा भट्टराईले ६ सय ४१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राजिव श्रेष्ठले २ सय १ मत पाए । ४ सय ४० फराकिलो मतान्तरमा निकटतम प्रतिस्पर्धीलाई पराजित गरेका हुन् । कुल १ हजार ५५ सदस्य रहेको पाल्पा उद्योग वाणिज्य संघमा ८ सय ४५ मत खसको थियो । तीन मत बदर भएको निर्वाचन अधिकृत टंकप्रसाद भट्टराईले बताए ।

पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा भट्टराई निर्वाचित

अध्यक्ष पदमा निर्वाचित भट्टराई यसअघि सदस्य, महासचिव, उपाध्यक्षमा बसेर काम गरेको अनुभव छ । उनी १५ वर्षदेखि निरन्तर उद्योग, वाणिज्य संघमा कार्यरत हुन् । प्रतिस्पर्धी श्रेष्ठ निवर्तमान कोषाध्यक्ष हुन् । संघको उद्योग उपाध्यक्ष पदमा भएको निर्वाचनबाट उत्तम कुमार बज्राचार्यले १ सय ७ पाए । निकटतम् प्रतिस्पर्धी रमेशराज बज्राचार्य ४० मत पाए । संघको वाणिज्य उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ निर्विरोध भएका हुन् ।

सोमबार भएको क्षेत्र नम्बर ११ को निर्वाचनबाट सदस्यमा कमल पाण्डे र लक्ष्मण बस्याल विजयी भए । यस क्षेत्रमा पाण्डेले ३३ र बस्यालले ३२ मत पाए । प्रतिस्पर्धी हलिम दिन मियाले २५ मत प्राप्त गरे । यहाँ ५ मत बदर भयो ।

संघको अध्यक्ष, उद्योग उपाध्यक्ष, क्षेत्र ११ को सदस्यमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो । अन्य सबै पदमा निर्विरोध भए ।

यी दुवै कांग्रेस निकट व्यवसायी हुन् । विगतका निर्वाचनमा जस्तो प्यानल बनाएर चुनावी मैदानमा नआए पनि दुवै उम्मेदवारले आ–आफ्नै किसिमले चुनावी प्रचार भने गरेका थिए । अध्यक्षमा निर्वाचित भट्टराई पि.एस. गल्ला भण्डारका सञ्चालक हुन् भने पराजित भएका श्रेष्ठ हरिमान अमरमान इलोक्ट्रोनिक्स सेन्टरका सञ्चालक हुन् । भट्टराईलाई संघका केही पूर्व अध्यक्षहरुको समर्थन रहेको थियो भने श्रेष्ठलाई नयाँ पुस्तका व्यवसायीहरुको समर्थन थियो ।

यस्तै, क्षेत्र २ को सदस्यमा संजयकुमार श्रेष्ठ, क्षेत्र ३ को एक सिटमा खुमप्रसाद पोखरेल, क्षेत्र ४ को दुई पदमा नारायण पछाई, मञ्जु रेग्मी, क्षेत्र ५ को सदस्य दुई सिटमा विनायक महर्जन, किशोरदर्शन बज्राचार्य निर्विरोध भएका हुन् । क्षेत्र ६ मा दुुई सिटका लागि लक्ष्मणप्रसाद रेग्मी, अमनप्रसाद श्रेष्ठ, क्षेत्र ७ को दुई सिटमा सविन मल्ल, महेश शर्मा आचार्य निर्विरोध भए ।

क्षेत्र ८ मा दुई सिटका लागि रञ्जनाकुमारी थापा अर्याल, प्रज्वलराज शाक्य, क्षेत्र ९ को एक सिटमा समिरमान सिंह, क्षेत्र १० को दुुई सिटमा विदुर घिमिरे, सुरेश गोदार निर्विरोध भए । क्षेत्र १२ को दुई सिटमा दीपक घिमिरे, मुक्तिराम जिसी र क्षेत्र १३ को एक सिटमा समता मिँया निर्विरोध भएका छन् । एसोसिएट सदस्यमा तिनाउ, दोभानका विष्णुप्रसाद पाण्डे निर्विरोध भएका छन् ।

प्रकाशित : मंसिर १३, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?